एमाले–नेकपाकाे गठबन्धन ‘अन्तिम भोज’ : गोकुल बास्कोटा


२०८३ श्रावण ११ सोमबार ०८:३२ बजे

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको सत्ता सहकार्यको सहमतिमाथि व्यंग्य गर्दै त्यसलाई साहित्यकार विजय मल्लको चर्चित नाटक ‘अन्तिम भोज’ सँग तुलना गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले सत्ता गठबन्धनहरू सीमित नेताहरूको निर्णयमा बन्ने र भत्किने प्रवृत्तिमाथि कटाक्ष गरेका छन्। उनले यस्ता राजनीतिक समीकरणबारे केही शीर्ष नेताबाहेक अरूलाई पूर्वजानकारी नै नहुने अवस्था विडम्बनापूर्ण रहेको बताएका छन्।

बास्कोटाले एमाले र नेकपाबीचको सत्ता समीकरणले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत राजनीतिक रूपमा फाइदा पुग्ने अवस्था सिर्जना गरेको टिप्पणी गरेका छन्। उनले विगतका सत्ता समीकरण र गठबन्धन फेरबदलबारे पनि गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'सत्ता समीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए। खोपी सत्ता किन बन्छन् र भत्कन्छन्? ती सभाका केही सदस्य र खास नेता बाहेक अरूले सुइँकोसमेत नपाउने कुरा परम्परा नै बन्यो। हाँडी बोकेर स्वर्ग कि नर्क बतास झैँ बत्तिएका छन्। विजय मल्लको ‘अन्तिम भोज’ नै त यो होइन होला ? अचम्म लाग्छ।'

बास्कोटाको यो टिप्पणी एमाले र नेकपाका शीर्ष नेताबीच प्रदेश सरकारहरूमा सत्ता सहकार्य गर्ने सहमतिपछि सार्वजनिक भएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७