सुनसरी झडपमा मृत्यु हुनेको संख्या दुई पुग्यो

झडपमा घाइते ओमप्रकाश मेहताको मृत्यु


२०८३ श्रावण ११ सोमबार १४:०३ बजे

काठमाडाैं : सुनसरीमा आइतबार राति भएको झडपमा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको झडपमा घाइते भएका ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिए।

योसँगै उक्त झडपमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। यसअघि सोमबार बिहान पनि अर्का एक घाइतेको मृत्यु भएको थियो। मृत्यु हुने दुवै जनाको नाम ओमप्रकाश मेहता रहेको अध्यक्ष मेहताले बताए।

आइतबार राति कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर ९ जना घाइते भएका थिए। झडपका क्रममा करिब १५ जना सुरक्षाकर्मीसमेत घाइते भएका छन्। घाइतेहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७