संवैधानिक इजलासका लागि छुट्टै वेबपोर्टल सार्वजनिक


२०८२ चैत २० शुक्रबार १५:१६ बजे
सर्वोच्चको फाइल फोटो

काठमाडौं : सर्वोच्च अदालतले संवैधानिक इजलाससम्बन्धी छुट्टै वेबपोर्टल सार्वजनिक गरेको छ । शुक्रबार सर्वोच्च अदालतकी कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले उक्त पोर्टलको उद्घाटन गरेकी हुन् ।

यस वेबपोर्टलमार्फत संवैधानिक इजलाससँग सम्बन्धित पेसी, आदेश, फैसला र अन्य विवरण सजिलै हेर्न सकिने व्यवस्था गरिएको छ। त्यस्तै, संवैधानिक इजलाससम्बन्धी ऐन, कानुन र नियमावलीसम्बन्धी जानकारी पनि पोर्टलमा उपलब्ध हुनेछ । 

संवैधानिक इजलासमा कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा र शारङ्गा सुवेदी रहनेछन्।

हाल संवैधानिक इजलासमा २८२ मुद्दा बाँकी रहेका छन्। यसअघि ९१४ मुद्दामध्ये ६३८ मुद्दामा फैसला भइसकेको छ। सर्वोच्च अदालतले संवैधानिक रिटका मुद्दाहरूलाई प्राथमिकतामा राखेर सुनुवाइ गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले निर्वाचनसम्बन्धी विवादलाई ६ महिनाभित्र निरुपण गर्ने लक्ष्य राखेको छ। साथै ८ वर्ष पुराना मुद्दालाई पहिलो प्राथमिकतामा राखेर निरुपण गर्ने योजना रहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७