आज कहिँ मध्यम कहिँ भारी वर्षाको सम्भावना

काठमाडौं । आज (असोज १६ गते) रातिदेखि नै काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले दिउँसो र राति पनि देशभर मौसम बदली र वर्षा हुने क्रम जारी रहने प्रक्षेपण गरेको छ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार,
आज दिउँसो : सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागलगायत मधेस प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति : सबै प्रदेशमा साधारणतया बदली रहने छ। कोसी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।