अक्टोबर ९ मा जेनजीको कुनै प्रदर्शन छैन : मिराज ढुङ्गाना

'मुसो मार्न गएको बाघ मारेर ल्यायौँ, अब बाघ उचाल्न सकिँदैन'


२०८२ असोज १५ बुधबार १४:३९ बजे

काठमाडौँ : सामाजिक सञ्जालमा अक्टोबर ९ मा आन्दोलन र प्रदर्शन हुने भनी फैलिएका हल्लापछि जेनजी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले भिडियो सन्देशमार्फत त्यस्ता कुनै पनि प्रदर्शन नभएको प्रस्ट पारेका छन् । 

केही दिनदेखि टिकटकलगायतका सामाजिक सञ्जालमा अक्टोबर ९ मा प्रदर्शन हुने भनी प्रचार फैलिएको थियो । त्यसपछि जेनजी आन्दोलनका अगुवा  ढुङ्गानाले अक्टोबर ९ मा कुनै पनि कार्यक्रम नभएको बताएका हुन् । 

मिराजले एक भिडियो सन्देश जारी गर्दै भने, 'अक्टोबर ९ मा जेनजीको तर्फबाट कुनै प्रदर्शनको कार्यक्रम छैन । कुनै पनि खालको हिंसा हुने काम, तोडफोड हुने काममा हाम्रो संलग्नता रहने छैन । एजेन्डाबिना के गर्ने, त्यो थाहा नपाई हामी कुनै खालको प्रदर्शनमा सहभागिता जनाउँदैनौ।'

उनले थप्दै भनेका छन्, 'परेको खण्डमा शान्तिपूर्ण प्रदर्शन गरौँला, तर हिंसा हुने खालको प्रदर्शनमा हाम्रो संलग्नता हुने छैन।'

साथै, गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा चाहेको भन्दा धेरै धनजनको क्षति भएको उनको भनाइ छ र उनले भने, 'हामी मुसो मार्न जाँदा बाघ मारेर ल्यायौँ, अब बाघ उचाल्न सकिँदैन जङ्गलबाट।'

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७