भिसा नपाएपछि क्रिकेट खेलाडीले युएई जान पाएनन्


२०८२ असोज ३ शुक्रबार १९:२३ बजे

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार बिदाइ गरेर शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) जान ठिक्क परेको नेपाली क्रिकेट टिमका खेलाडीहरूको भिसा समस्या कारण नेपालमै रोकिएका छन् ।

नेपाल वेस्ट इन्डिजसँगको युनिटी कप टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्न युएई जान लागेको हो । तीन खेलको यो शृङ्खला शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७ देखि ३० सम्म हुने तय छ।

क्यानका अनुसार युएईले भिसा दिन अस्वीकार गरेको हो । पहिला युएईको भिसाको समस्या नभए पनि अहिले देशको विषम परिस्थितिले गर्दा युएई सरकारले आफ्नो नीति नै परिवर्तन गर्दा समस्या भएको क्यानक एक अधिकारीले बताएका छन् ।

टोलीले भिसा नपाएपछि क्यानले अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र युएई सरकारसँग समन्वय गरिरहेको छ । आईसीसीअन्तर्गतको इभेन्ट भएकोले भिसा पाउनेमा क्यान ढुक्क भए पनि ढिलाइ भएको जनाएको छ ।

शृङ्खलाका लागि दुवै टीमले अन्तिम टोली घोषणा गरिसकेका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७