जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न ५ सदस्यीय समिति


२०८२ असोज ३ शुक्रबार १८:३२ बजे

काठमाडौँ : गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनका क्रममा सिंहदरबारस्थित कृषि तथा पशुपन्छी मन्त्रालयका जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन गरिएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा जानुका पण्डितको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रशासन, लेखालगायत शाखाका कर्मचारीलाई सदस्य राखिएको छ । गत आइतबारको सचिवस्तरीय निर्णयअनुसार समिति गठन गरिएको प्रवक्ता पण्डितले जानकारी दिए ।

जेनजी आन्दोलन हुँदा कर्मचारीका सवारीसाधन मन्त्रालय परिसरमै थिए । त्यस दिन सिंहदरबारको मूल ढोकाबाट सरकारी नम्बर प्लेटका गाडी निकाल्न दिइएको थिएन । मन्त्रालयअन्तर्गत रहेको बालाजुस्थित मत्स्य विकास केन्द्रमा रहेका सरकारी सवारीसाधन पनि जलाइएका र त्यसको विवरण तयार पारेर प्रतिवेदन बुझाइने प्रवक्ता पण्डितले बताए ।

मन्त्रालयको ४१ गाडीमा आगजनीबाट क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका २९ मोटरसाइकल जलाइएका छन् । मन्त्रालय परिसरमा पार्किङ गरिराखिएका नौ मोटरसाइकल हराए तथा १० स्कुटर जलाइएका सवारी हेर्ने शाखाका कर्मचारी लोमश आचार्यले जानकारी दिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७