सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात

काठमाडौं : आफूलाई जेनसी समूहको नेतृत्वकर्ता बताउँदै आएका हामी नेपाल नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ।
रिपोर्टर्सक्लबमा सञ्चारकर्मीहरूलाई हप्कीदप्की गरेपछि उनीमाथि हातपात र धकेलाधकेल भएको हो। वैदेशिक लगानीको बिषयलाई लिएर ‘हामी नेपाल’ विवादित बनेको छ । बारबरा फाउन्डेशनले ‘हामी नेपाल’ नामक संस्थासँग कोभिड महामारीको समयमा सहकार्य गरेको भए पनि कुनै आर्थिक सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै फाउन्डेशनले हामी नेपालसँग कोभिड महामारीको समयमा सहकार्य भएको, तर सो संस्था वा यसका पदाधिकारीसँग कुनै आर्थिक सम्बन्ध नभएको जनाएको हो । फाउन्डेशनले पछिल्लो राजनीतिक अवस्थाका कारण आफूमाथि लगाइएका आरोपलाई ‘अनर्गल प्रचार’ भन्दै खण्डन गरेको छ ।