शुक्रबार साँझ पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध


२०८२ असोज ३ शुक्रबार २०:१७ बजे

काठमाडौँ : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड दुवैतर्फ अवरुद्ध बनेको छ । शुक्रबार साँझ इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माका अनुसार साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । उनका अनुसार हाल पहिरो पन्छाउने काम सुरु गरिएको छ । तर पहिरो झर्ने क्रम नरोकिएको हुँदा जोखिम कायमै रहेको उनको भनाइ छ।

पहिरो खस्ने जोखिम रहेकाले रातको समयमा यस खण्डको प्रयोग नगर्न प्रहरीले यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७