शहीदहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ: संविधान दिवसको अवसरमा शहीदहरूको सम्मानमा अखिल नेपाल स्वतन्त्र युनियन (अनेरास्ववियू) द्वारा दीप प्रज्वलन गरिएको छ।
अनेरास्ववियूले संविधान निर्माणका लागि योगदान गर्ने ज्ञात र अज्ञात शहीदहरूको सम्झनामा काठमाडौँको वाल्मीकि विद्या पीठमा दीप प्रज्वलन गरेको हो। नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य जीवन राई प्रमुख अतिथिका रूपमा कार्यक्रममा उपस्थित थिए । कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय अध्यक्षसहित अन्य नेता कार्यकर्ताहरूको उपस्थिति रहेको अनेरास्ववियूका उपाध्यक्ष अशोक थापाले जानकारी दिए ।
पोलिटब्युरो सदस्य जीवन राईले संविधानको मर्म र भावना अनुसार काम गर्नुपर्ने दायित्व सबैको रहेको उल्लेख गर्दै नयाँ पुस्तालाई पनि संविधानको महत्त्व बुझाउनुपर्ने आवश्यकता औँल्याए। शहीदहरूको सम्मानमा बोल्दै उनले जेन-जी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
सो अवसरमा राईले शहीदहरूको त्याग र बलिदानको कदर गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र उचित व्यवस्थापनमा सरकाले जोड दिनुपर्ने बताएका छन् । अनेरास्ववियूका केन्द्रीय अध्यक्षले कार्यक्रमको समापन गर्दै शहीदहरूको योगदान र समर्पणलाई सम्मान गर्न महत्त्वपूर्ण रहेको बताए।