केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न

काठमाडौँ : गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक भर्खरै सम्पन्न भएको छ ।
सुरक्षा समितिको बैठकमा गृह सचिव, रक्षा सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखका साथै नेपाली सेनाका उच्च अधिकारीहरूको उपस्थिति थियो।
पछिल्लो सुरष अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री कार्कीले प्रभावकारी सुरक्षा व्यवस्थाका लागि केही महत्त्वपूर्ण निर्देशन पनि दिएका थिए ।
केन्द्रीय सुरक्षा समितिको अध्यक्षता गृहमन्त्रीले गर्छन् । तर मन्त्रिपरिषद्ले पूर्णता नपाइसकेका कारण गृहमन्त्रीको हैसियतमा प्रधानमन्त्रीले नै बैठकको अध्यक्षता गरेकी हुन्।