सुदन एमालेमा आए भने तपाईंहरू अचम्ममा नपर्नुस् : महेश बस्नेत


२०८२ असोज ३ शुक्रबार १७:०२ बजे

काठमाडौँ : नेकपा एमालेका युवा नेता महेश बस्नेतले हामी नेपालका संस्थापक सुदन गुरुङ एमालेमा आउनको लागि कुरा भएको दाबी गरेका छन् । पार्टी कार्यालय परिसर च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुदनको टिम एमालेमा आएमा अचम्म नमान्न आग्रह गरेका हुन् ।

संविधान दिवसको अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रम समापन भएपछि बाहिरिने क्रममा बस्नेतलाई एक युट्युबरले सोधे, ‘सुदन गुरुङले तपाईंलाई आरोप लगाएको छ नि ?’

महेश बस्नेतले भने, ‘यस्ता हावा कुरा… आरोप लगाएको छैन मलाई । बिचरा त्यो सुदन गुरुङ डराएर महेश अंकलले पनि के-के भन्नुभएको थियो भनेको छ ।’ बस्नेतले थपे ‘सुदन भाइ एमालेमा आउँछजस्तो लाग्छ । यो विषयमा अलिअलि कुराकानी समेत भएको छ । हामीलाई सुरक्षा थ्रेट भयो भनेर यिनीहरूको ठूलो टोली हामीसँग सम्पर्कमा छ । यिनीहरू एमालेमा आए भने तपाईंहरू अचम्ममा नपर्नुस् ।’

हामी नेपालका संस्थापक सुदन गुरुङले बुधबार आफूलाई केही अज्ञात समूहले फलो गरिरहेको र त्यो समूह एमाले नेता बस्नेतले खटाएको हुनसक्ने बताएका थिए । गुरुङ जेन जीको प्रतिनिधि बनेर मिडियामा देखिँदै आएका छन् ।

जेनजी आन्दोलनको सहजीकरण गरिरहेका ‘हामी नेपाल’ का अध्यक्ष तथा जेन-जी अभियन्ता सुदन गुरुङले बुधबार आफूलाई अज्ञात समूहले फलो गरेको दाबी गरेका थिए । रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले आफूलाई लखेटेको इन्स्टाग्रममा भिडियो पोस्ट गर्दै गुरुङले दाबी गरेका हुन् ।

त्यसपछि उनले एक सञ्चार माध्यमसँग अन्तरवार्ता दिँदै एमाले नेता महेश बस्नेत र उनको समूहमाथि शङ्का रहेको बताएका थिए । गुरुङको सो प्रतिक्रियापछि गुरुङ र उनका टिमलाई सुरक्षा थ्रेट भएकोले एमालेको सम्पर्कमा आएको बस्नेतको दाबी थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७