मन्त्रीहरूले गरे जलेको संसद् भवनको अनुगमन


२०८२ असोज १ बुधबार १६:४९ बजे

काठमाडौँ : सरकारका नवनियुक्त तीन मन्त्रीहरूले क्षतिग्रस्त संसद् भवनको अवलोकन गरेका छन्।

जेनजी आन्दोलनको क्रममा क्षति भएर भग्नावशेष बनेको संसद् भवनको निरीक्षण गर्ने अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल केहीबेरअघि संसद् भवन पुगेका हुन्।

उनीहरू संसद् भवनपछि सर्वोच्च अदालत हुँदै भैंसेपाटीस्थित मन्त्री निवासको पनि संयुक्त अवलोकन गर्ने छन्। जेनजी आन्दोलनकारीले संसद् भवन र सर्वोच्च अदालत लगायतका सरकारी भवन जलाएर ध्वस्त पारेका थिए ।

आन्दोलनबाट ध्वस्त बनेको संसद् अहिले बन्द छ भने सर्वोच्च अदालतले टेन्ट टाँगेर काम गरिरहेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७