जंगीअड्डामा जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा सरकार

काठमाडौं : जेन–जी नेपालले आज आयोजना गरेको भर्चुअल बैठकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको अध्यक्षको रूपमा प्रस्ताव गर्न अधिकांश बहुमत सदस्यहरु सहमत भएका छन् ।
देशभरका करीब नौ हजारभन्दा बढी सहभागी रहेको यो बैठक जेन–जीको पहिलो बिस्तारित बैठक हो। बैठक निरन्तर छ घण्टा भन्दा बढी चलेको बैठकमा विभिन्न व्यक्तिहरुको नाममा छलफल भएको थियो।
बैठकपछि जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ ।
धेरै युवाले काठमाडौं महानगरका मेयर बालेन शाहको नाम समेत प्रस्ताव गरेका थिए । तर, उनी सम्पर्कमा नआएको कतिपयको गुनासो छ । मंगलबार बेलुकी उनले स्टाटस लेख्दै जेनजीलाई सेना प्रमुखसँग वार्ताका गर्न तयार रहन भनेका थिए ।