मृतकको संख्या ७४ पुग्यो


२०८२ असोज १ बुधबार १५:२० बजे

काठमाडौँ: जेनजी आन्दोलन र त्यसपछि भएको आगजनीमा परी ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । बुधबार कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएपछि मृतको संख्या ७४ पुगेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भाटभाटेनी सुपर मार्केटभित्र एक शव डढेको अवस्थामा भेटिएको हो । बुधबार बिहान साढे ९ बजेतिर भाटभटेनीको चौथो तलामा जलेको शवको अस्थिपञ्जर फेला परेको हो । प्रहरीका अनुसार मृतक मृतक रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइली हुन् ।

मृतकको शव पहिचान गर्न नसकिने अवस्थामा थियो । नजिकै सिम समेत फेला परेको थियो। उक्त सिम हेर्दा विकास रसाइलीको रहेको खुलेको हो। त्यस्तै मृतकका परिवारले पनि विकास हराइरहेको जानकारी प्रहरीलाई गराएका थिए।

यसअघि चुच्चेपाटीको भाटभाटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएको थियो । अस्थिपञ्जरको रूपमा भेटिएका ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ ।

जेनजी आन्दोलनले एमाले कांग्रेस गठबन्धनको केपी ओली नेतृत्वको सरकार ढलेसँगै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की बनेकी छन् । कार्की पूर्व प्रधानन्यायाधीश पनि हुन् । नवनियुक्त प्रधानमन्त्री कार्कीको नेतृत्वमा रहेको सरकारले ६ महिनाभित्र निर्वाचन गर्नुपर्नेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७