ऊर्जामन्त्री कुलमानले झलनाथलाई गरे फोन


२०८२ असोज १ बुधबार १४:४७ बजे

काठमाडौँ । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई फोन गरेका छन् ।

ऊर्जामन्त्री घिसिङले झलनाथकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यबारे जानकारी लिएको स्रोतले बताएको छ । जेनजी आन्दोलनका क्रममा डल्लुस्थित घरमा आगजनी हुँदा खनालकी श्रीमती रविलक्ष्मी गम्भीर घाइते भएकी थिइन् । कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उनको अवस्था अझै पनि खतरामुक्त भई नसकेको अस्पतालले जनाएको छ ।

आन्दोलनपछि रविलक्ष्मीको निधन भएको हल्लासमेत चलेको थियो । कुलमानले पनि यही हल्ला सुनेका रहेछन् । हिजो मात्रै मन्त्रीलाई निकटस्थहरूले हल्ला झूटो रहेको बताएपछि ऊर्जामन्त्री घिसिङले झलनाथलाई फोन गरेर स्वास्थ्य लाभको कामना गरेका हुन् ।

झलनाथपत्नी रविलक्ष्मी कुलमानकी पूर्व शिक्षिका रहेको बुझिएको छ । कुलमान अस्कल क्याम्पसमा आइएस्सी पढ्दा रविलक्ष्मीले उनलाई पढाएकी थिइन् । त्यही व्यक्तिगत सम्बन्धका कारण पनि उनी रविलक्ष्मीको स्वास्थ्य अवस्थाबारे मन्त्री घिसिङ चिन्तित बनेका थिए ।

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७