मन्त्री छान्न बालुवाटारमा छलफल जारी


२०८२ असोज १ बुधबार १५:५९ बजे

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले ढिलोमा बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी छलफल थालेका छन् । स्रोतका अनुसार नयाँ मन्त्रिपरिषद्लाई पूर्णता दिने उद्देश्यले बालुवाटारमा बुधबार उनले छलफल सुरु गरेकी छन् ।

११ सदस्यीय मन्त्रिपरिषद् निर्माण गर्ने मंगलबार घोषणा गरेकी प्रधानमन्त्री कार्कीले बुधबार तीन मन्त्री र मुख्यसचिवलाई बालुवाटारमा बोलाएर छलफल जारी राखेको बताइएको छ । मन्त्री चयनका लागि विभिन्न नाममा छलफल भइरहेको छ ।

सरकारले बिहीबार (भोलि)सम्म मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । छलफलमा प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र मुख्यसचिव एकनारायण अर्याल उपस्थित रहेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७