सुदन गुरुङमाथि आक्रमण प्रयास

काठमाडौँ : हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ ।
जेनजी आन्दोलनका संयोजकसमेत रहेका उनले रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको बताएका छन् । बीच बाटोमा दुई वटा गाडी थपिएर पच्छ्याएको उनको दाबी छ ।
सिनामंगलको गल्ली गल्ली हुँदै नयाँ बानेश्वरसम्मै लखेटेको उनको भनाइ छ । आफूलाई मार्ने उद्देश्यले पिछा गरिएको उनको भनाइ छ ।