आगामी निर्वाचन लक्षित मतदाता नामावली सङ्कलन नहुने !


२०८२ असोज १ बुधबार १५:११ बजे

काठमाडौँ : सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन आयोजना गर्ने निर्णय गरेको छ। तर, उक्त निर्वाचन लक्षित मतदाता नामावली सङ्कलन नहुने भएको छ ।

निर्वाचन आयोगका अनुसार जसले भदौ २७ गतेसम्म आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराएका छन् उनीहरूले मात्र आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन्।

निर्वाचन आयोगका अनुसार, यस पटक कुल १ करोड ८१ लाख ४८ हजार ६५४ मतदाता रहेका छन् । यो अघिल्लो प्रतिनिधि सभा निर्वाचनको तुलनामा ए लाख ६० हजार ५४ मतदाता बढी हो । तथापि, यो तथ्याङ्क गत फागुन महिनासम्मको भएको हुँदा केही थप मतदाताहरू नामावलीमा समावेश हुनेछ।

गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भई शपथ लिई कार्यभार सम्हालिसकेकी छन्। नवनियुक्त प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा विघटन र आगामी फागुन २१ गते निर्वाचन आयोजना गर्ने सिफारिस गरेकी थिइन्।

निर्वाचन आयोगले पनि सरकारले घोषणा गरेको मितिमा निर्वाचन सम्पन्न गराउन सकिने जनाइसकेको छ । साथै आयोग निर्वाचनको प्रारम्भिक तयारी गरिरहेको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७