तोकियो राज्य व्यवस्था समिति सभापतिको निर्वाचन मिति
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् । संसद सचिवालयद्वारा जारी सूचनाअनुसार सभामुख देवराज घिमिरेले यही भदौ ११ गते बुधबारको दिनलाई निर्वाचनको मिति तोकेका हुन् ।
संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए ।

.gif)

.png)

