प्रतिनिधि सभामा कार्यव्यवस्था परामर्श समिति गठन

नयाँ नियमावलीमा १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन


२०८३ जेठ २७ बुधबार १९:११ बजे

काठमाडौं : प्रतिनिधि सभाको नयाँ नियमावलीअनुसार १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरिएको छ।

बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले नयाँ नियमावलीको व्यवस्थाबमोजिम समितिमा सदस्यहरू मनोनित गरिएको जानकारी दिएका हुन्।

यसअघि प्रतिनिधि सभाको २०७९ को नियमावलीका आधारमा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरिएकोमा नयाँ नियमावली बनेसँगै यसलाई १५ सदस्यमा सीमित गरी नयाँ समिति बनाइएको हो।

नवनिर्मित कार्यव्यवस्था परामर्श समितिमा अचुतम लामिछाने, आरेन राई, ऐनबहादुर महर, कविन्द्र बुर्लाकोटी, क्रान्तिशिखा धिताल, खुस्बु ओली, देवराज पाठक, निश्कल राई, निशा डाँगी, प्रकाशचन्द्र परियार, वासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपीनकुमार आचार्य सदस्य रहेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७