विरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित


२०८३ जेठ ७ बिहीबार १४:५२ बजे

काठमाडौँः प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने माग राख्दै विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि रोकिएको छ।

प्रधानमन्त्री बालेन शाहले संसद्लाई छलेको र अपमान गरेको भन्दै नेकपा एमाले, राप्रपा लगायतका विपक्षी दलका सांसदहरूले बैठकमा तीव्र विरोध जनाएका थिए। विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीको उपस्थितिको अडान नछाडेपछि सदनमा गतिरोध सिर्जना भएको हो।

विपक्षी सांसदहरूको लगातारको नाराबाजी र विरोधका कारण बैठक अगाडि बढाउन नसक्ने स्थिति आएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गर्ने निर्णय गरेका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७