पूर्वप्रधानन्यायाधीशलाई मोबाइलमा सुरक्षा थ्रेट आएको थियो : सरकारका प्रवक्ता
काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षित स्थानमा सारिनुको कारण उनको मोबाइलमा आएको टेक्स्ट मेसेजमार्फतको सुरक्षा थ्रेट भएको सरकारले जनाएको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै राणालाई पक्राउ वा नियन्त्रणमा नलिइएको दाबी गरे। राणाको परिवारले थप सुरक्षा माग गर्दै प्रहरीमा निवेदन दिएपछि उनलाई सुरक्षित स्थानमा सारिएको उनले बताए।
‘उहाँको परिवारबाट थप सुरक्षा माग गरेर प्रहरी कार्यालयमा निवेदन पठाउनुभएको छ। उहाँलाई सुरक्षा दिन उद्धार गरिएको हो, पक्राउ गरिएको होइन,’ मन्त्री पोखरेलले भने।
राणाको मोबाइलमा टेक्स्ट मेसेजमार्फत सुरक्षा थ्रेट आएको तर, थ्रेट कसले पठाएको थियो र त्यसमा के उल्लेख थियो भन्नेबारे भने सरकारले केही खुलाएको छैन।
प्रवक्ता पोखरेलले उक्त सुरक्षा थ्रेट ‘जेनजी’ समूहबाट आएको भन्ने सरकारको भनाइ नरहेको पनि स्पष्ट पारे। उनले भने, ‘उहाँको फोनमा टेक्स्टमार्फत सुरक्षा थ्रेट आएको थियो, जेनजीबाट होइन।’
राणालाई प्रहरीले रातारात निवासबाट लगेको विषयमा भने यसअघि नै विभिन्न प्रश्न उठेका छन्। सरकारले भने घटनालाई पक्राउ वा नियन्त्रण नभई सुरक्षाका लागि गरिएको उद्धारका रूपमा व्याख्या गरेको छ।
.gif)

.png)


