कांग्रेस अधिवेशनमा विवाद : क्षेत्रीय सभापतिमाथि मतपेटिका तोडफोड प्रयासको आरोप
विराटनगर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. ४ को नेतृत्व चयनका क्रममा मतपेटिकामा लात हानेको आरोपपछि मतदानस्थलमा केहीबेर तनाव सिर्जना भएको छ।
मंगलबार मतदान भइरहेका बेला क्षेत्रीय सभापति ऐयुब अन्सारीले मतपेटिकामा लात हानेर मतदानस्थलबाट बाहिरिएको आरोप लागेको हो।
घटनापछि उपस्थित प्रतिनिधिहरूले उनको व्यवहारप्रति आपत्ति जनाउँदै निर्वाचन प्रक्रियामा असर पार्ने गतिविधिमाथि छानबिन गर्न माग गरेका छन्।
घटनापछि मतदान केहीबेर प्रभावित भए पनि मतदान अधिकृत तथा निर्वाचन समितिले मतपेटिका सुरक्षित नियन्त्रणमा लिएर प्रक्रिया पुनः अघि बढाएको जनाइएको छ।
घटनाबारे निर्वाचन समितिले आवश्यक छानबिन गरी दोषी देखिए सम्बन्धित व्यक्तिमाथि कारबाही गर्नुपर्ने माग प्रतिनिधिहरूले गरेका छन्।
अन्सारीको उक्त कदमको कारण र घटनाको विस्तृत विवरणबारे निर्वाचन समितिको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन।
.gif)

.png)


