पार्टी एकता : शंकै-शंकाले थप्दै समस्या, वैशाख ९ मा पनि एकता अनिश्चित


२०७४ चैत ३० शुक्रबार ०९:२८ बजे
काठमाडौं, ३० चैत : नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुले आउँदो बैसाख ९ गते पार्टी एकीकरण हुने दावी गरे पनि नेताहरुले भने जस्तै उक्त मितिमा एकता हुने निश्चित भने देखिएको छैन । [caption id="attachment_44295" align="aligncenter" width="734"] एकथरी नेता बैसाख ९ मा एकता हुने दावी गर्ने र अर्कोथरी नेताहरु यसका लागि सबै तयारी पूरा नभईसकेको बताउँदै हिड्नुले पनि बैसाख ९ मै पार्टी एकता हुने कुरा अनिश्चित जस्तो देखिएको छ । यसका अलावा पार्टी एकीकरणमा बाहिर हल्ला चले जस्तो भित्रि प्रगति नभएको जानकार बताउँछन् । पार्टी एकीकरणका लागि प्रारम्भिक अभ्यास गरेका एमाले–माओवादीका नेताहरुमा शंकै–शंकाले घर जमाइरहेको राजनीति क्षेत्रका विश्लेषक बताउँछन् । [/caption] यस बाहेक देखिने गरी नै पार्टी एकतामा ३ कुराले अल्झन ल्याईरहेको स्पष्ट देख्न सकिन्छ । संठनात्मक समायोजन, जनयुद्ध र निर्वाचन चिन्ह । यी तीन वटा विषयमा सहमति हुन बाँकी छ–एमाले–माओवादी पार्टी एकता घोषणाका लागि । यी तीनै विषयमा सहमति जुटाउनुपर्ने जिम्मेवारी एकता संयोजन समितिमा आइपुगेको छ । तर, एकता संयोजन समितिको बैठक बस्न ढिलाइ भइरहेको छ । यी तीन वटा प्राविधिक विषय त ढिलोचाँडो हल होलान् तर एमाले र माओवादी नेताबीच बढ्दो अविश्वास चाहिँ पार्टी एकतामा जटिलता बनेर आउन थालेको छ । मिलेका मनमा फेरि शंका देखिन थालेको छ । माओवादी नेताहरू सरकार सञ्चालनमा प्रधानमन्त्रीको एकलौटी कार्यशैलीले प्रचण्डलाई शंका पैदा भएको उनीनिटक नेताहरू बताउँछन् । नेताहरूबीच अहिले मनोवैज्ञानिक युद्ध चलेको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओली भारत भ्रमणसकेर फर्केपछि उनी र प्रचण्डबीच एक पटक भेट भयो, तर, लामो कुराकानी भएन । त्यसबाहेक केन्द्रीय समितिमा सम्मानजनक सहभागिता खोजिरहेको माओवादीले एमालले चुनावी सिटका आधारमा जानुपर्ने दबाब बनाएको छ । एमाले र माओवादीबीचको एकतामा पछिल्लो समय प्रधानमन्त्रीको कार्यशैली पनि माओवादी नेताहरूले जिम्मेवार ठान्न थालेका छन् । यद्यपि उनीहरू यस विषयमा चाहिँ औपचारिक रूपमा भने बोल्न मान्दैनन् । ‘सरकार जसरी गठन भएको छ र भविष्यमा पार्टी एकता हुँदैछ । यसविपरीत प्रधानमन्त्रीले सत्ता साझेदार शक्तिसँग परामर्श नगरी काम गरिरहनु भएको छ ।’ माओवादीका एक नेता भन्छन्, ‘एकतामा प्रक्रियामा यसले पनि शङ्का पैदा गरेको छ ।’ दुवै दलका शीर्ष नेता रहेको संयोजन समितिमा कार्यदलले दिएको प्रतिवेदन र मिल्न बाँकी विषयगत ज्ञान पनि लगभग सबै नेतालाई थाहा छ । तर, ती विषय कसरी सल्ट्याउने भन्ने उपयुक्त सूत्र चाहिँ फेला परेको छैन । जसले एकता संयोजन समितिको बैठक आज–भोलि गर्दै सर्दै गएको छ । मंगलबारबाट बुधबार हुँदै एकता समितिको बैठक अब कहिले बस्ने हो ? अत्तोपत्तो छैन । तर, नेताहरूले तयारी नभएकाले बैठक बस्न नसकेको बताउँदै आएका छन् । यसअघि दुई पटक पहिला चुनावलगत्तै र दोस्रोमा प्रधानमन्त्रीको भारतभ्रमण अगाडि एकता गर्ने उनीहरूको कार्यसूची सफल भएन । त्यसपछि उनीहरूले दुई पार्टीबीच वैशाख ९ गते पार्टी एकता गर्ने तयारी थालेका हुन् । चैत २२ गते बसेको एकता संयोजन समितिको बैठकमा कार्यदलले वैशाख ९ गते नै एकता घोषणा गर्न सुझाव दिएको थियो । जसमा शीर्ष नेता सहमत भएका थिए । वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवस भएकाले पनि यो दिन रोजेको नेताहरूले बताउँदै आएका छन् । चैत २२ को बैठकले वैशाख ९ गते हुने घोषणासभा भव्य पार्न दुवै दलले आ–आफ्ना कार्यकर्तालाई सुर्कुलर नै जारी गरिसकेका छन् । तर अड्किएको चुरो कुरो मिलाउन भने नेताहरूले खासै पहल गरेका छैनन् । अझ पछिल्ला दिनमा त्यसको गृहकार्य नै ठप्पजस्तै छ । ओलीप्रति आशंका प्रधानमन्त्रीले केही मन्त्रालयका महत्वपूर्ण विभागहरू प्रधानमन्त्री कार्यालय मातहत लगेकोमा पनि माओवादी मन्त्रीहरूले असन्तुष्टि थियो । अध्यक्ष प्रचण्डको स्वास्थ्यलाई बहाना बनाइए पनि प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणको सम्मुखमा सचिवहरूको सरुवा गर्दा एकलौटी गरेकोमा माओवादी मन्त्री र नेताहरूलाई चित्त बुझेको थिएन । यसबारे माओवादी मन्त्रीहरूले अध्यक्ष प्रचण्डलाई भेटेरै असन्तुष्टि जनाइसकेका थिए । कथरी नेताहरूले यही कारण पनि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच एकताबारे खुलेर छलफल हुन नसक्दा एकता समितिको बैठक बस्न ढिला भएको बताएका छन् । तर, माओवादी नेता नारायणकाजी श्रेष्ठ यो कुरा मान्न तयार छैनन् । उनी भन्छन्–‘मलाई त त्यस्तो लाग्दैन जे गर्दा पनि उहाँहरूबीच सहमतिमै हुने गरेको हो ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७