चाडपर्वमा डिजिटल वालेटमा दिनमै ५० पटक रकम जम्मा गर्न सकिने


२०८३ असोज ३० शुक्रबार १४:१४ बजे
फाइल फोटो

काठमाडौं : दसैँ, तिहार र छठलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले डिजिटल वालेटमा रकम जम्मा गर्न सकिने दैनिक सीमा बढाएको छ। 

चाडपर्वका बेला डिजिटल भुक्तानीलाई सहज बनाउने उद्देश्यले केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन संशोधन गरेको हो।

संशोधित व्यवस्थाअनुसार अब प्राकृतिक व्यक्तिले दसैँ, तिहार र छठका अवसरमा एक दिनमा अधिकतम ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सक्नेछन्।

यो सुविधा असोज ३१ देखि कात्तिक ८ गतेसम्म र कात्तिक २१ गतेदेखि २९ गतेसम्म उपलब्ध हुनेछ।

यसअघि प्राकृतिक व्यक्तिले एक दिनमा अधिकतम १० पटकसम्म मात्रै वालेटमा रकम जम्मा गर्न पाउने व्यवस्था थियो। 

नयाँ व्यवस्थाले चाडपर्वका बेला वालेटमार्फत रकम जम्मा गर्ने प्रयोगकर्तालाई सहज हुने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकले चाडपर्वका समयमा नगद कारोबारको विकल्पका रूपमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७