अर्थ मन्त्रालयका ८५ उपसचिवको सरुवा (सूचीसहित)
कर र भन्सार कार्यालयका प्रमुख फेरिए
काठमाडौं : अर्थ मन्त्रालयले राजस्व समूहका ८५ जना उपसचिव, निर्देशक तथा प्रमुख कर र भन्सार अधिकृतको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको असोज २३ गतेको निर्णयअनुसार अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग र मातहतका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।
जसअन्तर्गत अर्थ मन्त्रालयमा विभिन्न कार्यालयबाट अधिकारीहरू ल्याइएको छ भने केहीलाई आन्तरिक राजस्व कार्यालय, भन्सार कार्यालय, राजस्व अनुसन्धान निकाय तथा अन्य सरकारी कार्यालयमा खटाइएको छ।
मन्त्रालयले गरेको हेरफेरमा आन्तरिक राजस्व विभाग र भन्सार विभागका निर्देशकदेखि विभिन्न जिल्लाका प्रमुख कर अधिकृत तथा प्रमुख भन्सार अधिकृतसम्मका अधिकारी समेटिएका छन्।
हेर्नूहोस् को कहाँ पुगे ?


.gif)

.png)




