चाडपर्वमा आउने उपहार स्वीकार नगर्न नेताहरूलाई रास्वपाको निर्देशन
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चाडपर्वको अवसरमा नेताहरूलाई शुभकामना पत्रबाहेक अन्य कुनै पनि उपहार नस्विकार्न निर्देशन दिएको छ ।
पार्टी प्रवक्ता मनिष झाले सोमबार जारी गरेको विज्ञप्तिमा पूर्व सांसदहरूलगायत सबै पदाधिकारी र कार्यकर्तालाई यस्तो निर्देशन दिइएको हो ।
विज्ञप्तिमा हालैको जेनजी आन्दोलनमा ७५ युवाले ज्यान गुमाएको स्मरण गर्दै यस घडीलाई राष्ट्रिय शोक का रूपमा लिएको उल्लेख छ ।
त्यसैले पार्टीले कुनै चाडपर्वसम्बन्धी कार्यक्रम आयोजना नगर्न, रास्वपाको नाम वा झण्डा प्रयोग नगर्न पनि सबै तहका कार्यकर्तालाई आग्रह गरेको छ।
.gif)

.png)

