महिला खुला केन्द्रीय सदस्यमा वासना, निमा र उर्मिलालाई सर्वाधिक मत : यी हुन् १५ विजेता
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महिलातर्फ खुला केन्द्रीय सदस्यमा वासना थापाले सर्वाधिक मत प्राप्त गरेकी छन्।
कांग्रेस संसदीय दलकी प्रमुख सचेतकसमेत रहेकी थापा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतपरिणाममा पहिलो स्थानमा रहेको निर्वाचन समितिले जानकारी दिएको छ। यस समूहबाट १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
महिलातर्फ खुला केन्द्रीय सदस्यहरूमा थापासहित सांसद उर्मिला थपलिया, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी र पूर्वसांसद कुसुमदेवी थापा निर्वाचित भएका छन्।
त्यसैगरी धनाकुमारी खतिवडा, अनिता देवकोटा, विनिता खड्का, लक्ष्मी पाण्डे, सृजना अधिकारी, मुना भुसाल, चिनी पोखरेल (चिनु), रिता थापा मगर, कल्पना तिवारी, गंगा दाहाल र कान्तिका सेजुवाल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिमा यी १५ महिला खुला केन्द्रीय सदस्यले प्रतिनिधित्व गर्नेछन्।
.gif)

.png)



