चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा २ टाटा पन्च ईभी जित्ने अवसर
काठमाडौं : नेपालीहरूको प्रमुख चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। दशैं, तिहार हुँदै छठसम्मको उत्सवलाई लक्षित गर्दै देशकै ठूलो सुपरमार्केट भाटभटेनी र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि आकर्षक योजना सार्वजनिक गरेका छन्।
योजनाअन्तर्गत भाटभटेनीका देशभरका कुनै पनि स्टोरबाट एकपटकमा २ हजार ५०० रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन्। खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता हुनेछ र योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पन्च ईभी उपहार दिइनेछ।
त्यस्तै, भाटभटेनीबाट सामान खरिद गरी नेपालपे क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकबीचबाट पनि एक जना भाग्यशाली विजेतालाई नयाँ टाटा पन्च ईभी प्रदान गरिने कम्पनीले जनाएको छ। यससँगै चाडपर्वको किनमेलका क्रममा ग्राहकले दुई वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर पाउनेछन्।
यस योजनाको मुख्य आकर्षण नयाँ टाटा पन्च ईभी रहेको छ। बदलिँदो नेपाली ग्राहकको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको यो इलेक्ट्रिक एसयूभीमा प्रविधि, सुरक्षा, आराम र कनेक्टिभिटीलाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ।
अत्याधुनिक ‘एक्टि.ईभी’ प्लेटफर्ममा आधारित नयाँ पन्च ईभी ३२ किलोवाट आवर र ४०.५ किलोवाट आवरका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। नेपालमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले जनाएको छ।
पन्च ईभीमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायतका सुविधा छन्।
टाटा मोटर्सका नेपालभर २० वटा शोरुम रहेका छन्। अब भाटभटेनीका २८ वटा स्टोरबाट पनि ग्राहकले टाटा कारका बारेमा जानकारी लिन सक्ने कम्पनीले जनाएको छ। चाडपर्वको अवसरमा भाटभटेनीमा किनमेल गर्ने टाटा कारका ग्राहकका लागि थप सरप्राइज पनि रहेको कम्पनीको भनाइ छ।
.gif)

.png)


