दशैंमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा


२०८३ कार्तिक ३ सोमबार १२:२९ बजे

काठमाडौं :  दशैंका अवसरमा सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा तीन दिनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ। सार्वजनिक यातायातका साधन कम सञ्चालन हुने समयमा सर्वसाधारणको आवतजावत सहज बनाउन दुईवटा बस सञ्चालन गरिएको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार बस सेवा आजदेखि लगातार तीन दिनसम्म सञ्चालन हुनेछ। बस बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछन्।

पहिलो बस सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुटेर बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानमा सञ्चालन हुनेछ। त्यस्तै, दोस्रो बस प्रधान कार्यालयबाटै छुटेर सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै चल्नेछ।

दसैँका बेला सार्वजनिक यातायातको अभावमा यात्रुले भोग्नुपर्ने असहजता कम गर्दै सर्वसाधारणलाई सहज यात्रा उपलब्ध गराउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७