एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद


२०८३ कार्तिक ३ सोमबार १६:१२ बजे

सुनसरी :  सुनसरीको दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले ५७४ किलो ८७० ग्राम गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार सोमबार बिहान एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरीले खोजी गरेको थियो।

इलाका प्रहरी कार्यालय दुहबी र सिआरभी दुहबीबाट खटिएको प्रहरी टोलीले बूढी खोलाको किनारमा ना.४ च ६०६३ नम्बरको एम्बुलेन्स जाँच तथा खानतलासी गर्दा उक्त परिमाणमा गाँजा फेला पारेको हो।

प्रहरीले गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएको छ। एम्बुलेन्स छाडेर फरार भएका चालकको खोजी भइरहेको छ। घटनाबारे इलाका प्रहरी कार्यालय दुहबीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७