किशोरसिंह राठौरको उम्मेदवारी फिर्ता : गगनलाई निर्विरोध गराउने तयारी


२०८३ असोज २१ बुधबार १५:२७ बजे

काठमाडौं : नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन्।

राठौरले बुधबार दिउँसो राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्। उनले विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको र पार्टी संकटमा रहेकाले पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता लिएको बताए।

‘विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको, पार्टी संकटमा रहेको अवस्थामा सभापतिले सहयोग गर्नुपर्‍यो भनेका कारण पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता गरेको छु,’ उनले भने।

राठौरले मंगलबार बेलुकी उम्मेदवारी दर्ताको अन्तिम समयमा सभापतिमा उम्मेदवारी दर्ता गरेका थिए।

यसअघि उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै पनि नेतालाई निर्विरोध निर्वाचित गराउने गरी निर्वाचनमा जान नहुने बताउँदै आएका थिए। सभापति गगनकुमार थापा लोकप्रिय भएपनि आफूले चुनाव लड्ने उनको भनाइ थियो।

त्यसो त गगन थापालाई निर्विरोध गराउने कांग्रेसको तयारी छ। सोहीक्रममा राठौरले उम्मेदवारी फिर्ता लिएका हुन्। अब अर्का सभापतिका पदका उम्मेदवार श्यामकृष्ण खड्गीलाई पनि कन्भिन्स गर्ने कांग्रेसका अगुवाहरूको तयारी रहेको बताइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७