छैटौँ तहका कर्मचारीको तह घटाउने प्रस्ताव


२०८३ असोज १९ सोमबार ०८:२२ बजे

काठमाडौं : संघीय निजामती सेवा विधेयकमा अधिकृत स्तरमा रहेका छैटौँ तहका कर्मचारीलाई राजपत्र अनंकित अर्थात् सहायकस्तरमा कायम गर्ने प्रस्ताव अघि सारिएको छ।

निजामती सेवाको विद्यमान तहगत संरचनामा पुनरावलोकन गर्ने क्रममा छलफलमा रहेको विधेयकमा छैटौँ तहका कर्मचारीलाई अधिकृत स्तरबाट हटाएर राजपत्र अनंकित श्रेणीमा राख्ने प्रावधान प्रस्ताव गरिएको हो।

उक्त प्रस्ताव कार्यान्वयन भएमा छैटौँ तहका कर्मचारीको तहगत हैसियत, सेवा–सुविधा तथा पदोन्नतिको संरचनामा परिवर्तन आउन सक्ने देखिएको छ।

यद्यपि, उक्त व्यवस्था हाल छलफल र प्रस्तावको चरणमै रहेकाले अन्तिम निर्णय हुन बाँकी छ। विधेयकमा प्रस्तावित प्रावधानमाथि थप छलफलपछि मात्रै छैटौँ तहका कर्मचारीको श्रेणीगत हैसियत टुंगो लाग्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७