वर्षाका कारण कांग्रेस महाधिवेशनको बन्द सत्र ४ बजेका लागि सर्यो
काठमाडौं : वर्षासँगै आएको हावाहुरीका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज हुने चौथो दिनको बन्द सत्र ४ बजेसम्मका लागि स्थगित भएको छ।
बिहान साढे १० बजे सुरु गर्ने भनिएको बन्द सत्र खाजा समयपछि साढे ११ बजे सुरु गर्ने तयारी गरिएको थियो।
तर अचानक हावाहुरीसहित ठूलो वर्षा भएपछि बन्द सत्र ४ बजेका लागि सारिएको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेशराज आचार्यले जानकारी दिए।
बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याएर पारित गर्ने कार्यसूची छ।
बन्द सत्रको प्रत्यक्ष प्रसारण नेपाली कांग्रेसको फेसबुक पेजबाट हुनेछ। अन्य सञ्चारमाध्यमले समेत बन्द सत्र प्रत्यक्ष प्रसारण गर्न पाउने कांग्रेसले जनाएको छ।
महाधिवेशनअन्तर्गत भोलि बिहान मतदान हुने कार्यक्रम छ।
.gif)

.png)




