लेखा समूहका २६ कर्मचारीको सरुवा
काठमाडौं : मधेश प्रदेश सरकारले प्रशासन सेवाअन्तर्गत लेखा समूहका २६ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ।
मधेश प्रदेशको अर्थ तथा योजना मन्त्रालयले असोज १३ गतेको निर्णयअनुसार लामो समयदेखि एउटै निकायमा कार्यरत कर्मचारीको सरुवा, कामकाज तथा दरबन्दी मिलान गरेको हो।
निर्णयअनुसार विभिन्न कार्यालयमा कार्यरत कर्मचारीलाई आवश्यकता र दरबन्दीअनुसार नयाँ जिम्मेवारीमा खटाइएको छ। जसमा छैटौँ र सातौँ तहका १२ जना अधिकृतस्तरका कर्मचारी समेत रहेका छन्।
मन्त्रालयले प्रदेशअन्तर्गतका कार्यालयमा जनशक्ति व्यवस्थापनलाई व्यवस्थित गर्ने क्रममा कर्मचारीको सरुवा तथा दरबन्दी मिलान गरेको जनाएको छ।
हेर्नूहोस् को कहाँ पुगे ?


.gif)

.png)


