अनुपम फुडल्याण्डका सञ्चालक पौडेल पक्राउ


२०८३ असोज १५ बिहीबार ०७:३५ बजे
फाइल फोटो

काठमाडौं : अनुपम फुडल्याण्डका सञ्चालक कृष्ण पौडेल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पौडेललाई पक्राउ गरेको हो। 

पक्राउपछि उनलाई अहिले प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ। पौडेलविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सोही कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद दिएको छ। यद्यपि, पौडेललाई पक्राउ गर्नुको तत्कालीन कारण र घटनाको विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७