चोलेन्द्रशमशेरसहित निकटस्थ र आफन्तका घरमा सम्पत्ति शुद्धीकरणको छापा
काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित उनका निकटस्थ र आफन्तका घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।
जबरासहित नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा विभागको टोलीले छापा मारेको विभाग र प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ।
जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि विभागको टोली पुगेको स्रोतले जनाएको छ।
छापाका क्रममा जबराका निकटस्थ व्यक्तिका घरबाट महत्त्वपूर्ण कागजात बरामद गरिएको स्रोतको दाबी छ।
यसअघि केही दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई उनकै निवासबाट मध्यरातमा पक्राउ गरी करिब १२ घण्टा नियन्त्रणमा लिएर छाडेको थियो।
.gif)

.png)


