कांग्रेस महाधिवेशन दुई दिनपछि सर्‍यो


२०८३ असोज १३ मंगलबार १३:५० बजे
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिनपछि सरेको छ।

यसअघि असोज १६ गतेका लागि तय भएको थियो। तर, उद्घाटन समारोह अब असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने कांग्रेसले जनाएको छ।

भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया पूरा हुन नसकेको भन्दै उद्घाटन मिति सारिएको हो।

वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसके पनि केही क्षेत्रमा प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको कांग्रेसले जानकारी दिए। 

पार्टीका तहगत कार्यसमिति र निर्वाचन समितिबाट प्राप्त जानकारी तथा वर्षाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राखेर महाधिवेशन उद्घाटन समारोह असोज १८ गते गर्ने निर्णय गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि कांग्रेसले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७