जेनजी आन्दोलमा भागेका २० वर्ष कैद सजाय पाएका कैदी पक्राउ


२०८३ असोज १३ मंगलबार १४:०२ बजे

काठमाडौं : कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भुक्तान गरिरहेका बेला कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

यसरी पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ स्थायी ठेगाना भएका ६० वर्षीय राजकुमार श्रेष्ठ छन्। श्रेष्ठ २०६५ कात्तिक ११ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा कैद भुक्तान गरिरहेका थिए। 

उनी २०८२ भदौ २४ गते ‘जेन–जी’ आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। फरार भएपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बसेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले खोजी थालेको थियो।

श्रेष्ठलाई बुधबार काठमाडौं महानगरपालिका–३१ भिमसेनगोलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई पुनः कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले अपराधमा संलग्न भई लुकीछिपी बसेका व्यक्तिबारे जानकारी भए प्रहरीलाई सूचना दिनसमेत आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७