पेट्रोल छर्की युवतीलाई आगो लगाउन खोज्ने एक भारतीय पक्राउ


२०८३ असोज १३ मंगलबार १३:३३ बजे

झापा : बिर्तामोडमा युवतीलाई हातखुट्टा र घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारत किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोडस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलीपचन्द्र राय पक्राउ परेका हुन्। 

असोज १२ गते राति करिब साढे १० बजे इलाम घर भएकी २२ वर्षीया युवतीको कोठामा पेट्रोल बोकेर राय प्रवेश गरेको प्रहरीले जानकारी दिएको छ। उनले तन्ना च्यातेर युवतीको हातखुट्टा तथा घाँटी बाँधेको र शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोजेका थिए।

घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले रायलाई नियन्त्रणमा लिएको हो। घटनामा घाइते युवती रविना मगरको बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

रायविरुद्ध घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७