प्रेमको बहानामा ‘हनी ट्र्याप’मा पारेर असुली गर्ने महिला पक्राउ


२०८३ असोज १३ मंगलबार ०८:०६ बजे
AI Photo

बाँके : एक पुरुषलाई विभिन्न मुद्दामा फसाइदिने भन्दै डर–त्रास र धम्की दिएर पटक–पटक नगद तथा जिन्सी सामान लिएको आरोपमा बाँके प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

यसरी पक्राउ पर्नेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१० सुकेधारामा बस्दै आएकी ३० वर्षीया सविता श्रेष्ठ रहेकी छन्।

बैजनाथ गाउँपालिका–२ का ३२ वर्षीय पुरुषले आफूलाई ब्ल्याकमेलिङ गरी आर्थिक लाभ लिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि अनुसन्धान अघि बढाउँदा श्रेष्ठले ती पुरुषसँग नजिकिएर सम्बन्धका विषयलाई आधार बनाउँदै विभिन्न मुद्दामा फसाइदिने धम्की दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

श्रेष्ठले धम्कीमार्फत पटक–पटक रकम तथा सामान लिन थालेपछि पीडितले प्रहरीको सहयोग मागेका थिए। अनुसन्धानका क्रममा उनी ‘हनी ट्र्याप’मार्फत आपराधिक लाभ उठाउने गतिविधिमा संलग्न रहेको खुलेपछि पक्राउ गरिएको हो।

प्रहरीले श्रेष्ठलाई असोज ५ गते पक्राउ गरेको जनाएको छ। उनीमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए।

प्रहरीले अपरिचित व्यक्तिसँग सम्बन्ध विस्तार गर्दा व्यक्तिगत विवरण, निजी तस्बिर तथा अन्य संवेदनशील सामग्रीको दुरुपयोग हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह समेत गरेको छ।

ब्ल्याकमेलिङ वा धम्कीको अवस्था आए तत्काल प्रहरीलाई जानकारी गराउनसमेत प्रहरीले अनुरोध गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७