विराटनगर बसपार्कको होटलबाट १७ युवती नियन्त्रणमा


२०८३ असोज १३ मंगलबार ०९:३३ बजे
फाइल फोटो

विराटनगर : विराटनगर बसपार्क क्षेत्रका होटलमा प्रहरीले गरेको आकस्मिक अनुगमन तथा छापाका क्रममा १७ जना युवतीलाई नियन्त्रणमा लिएको छ।

बसपार्क आसपासका केही होटलमा कानुनविपरीत गतिविधि भइरहेको सूचनापछि प्रहरीले केही समयदेखि निगरानी बढाएको थियो। 

सोही क्रममा सोमबार विभिन्न होटलमा एकैपटक अनुगमन गर्दा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका युवतीहरूको परिचय प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरूलाई वडा प्रहरी कार्यालय विराटनगरमा राखेर आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको जनाइएको छ।

बसपार्क क्षेत्रका केही होटलमा यौनजन्य गतिविधि हुने गरेको भन्दै स्थानीयबाट गुनासो आएपछि सूचनाका आधारमा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले होटल सञ्चालक तथा व्यवसायीलाई होटलमा कानुनविपरीत गतिविधि हुन नदिन सचेत गराएको छ। साथै, बसपार्क क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन आगामी दिनमा पनि होटल तथा शंकास्पद गतिविधिमाथि निगरानी र अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७