गायिका रचना रिमालले पूरा गरिन् स्नातक तह
काठमाडौं : गायिका रचना रिमालले स्नातक तह (बीए) उत्तीर्ण गरेकी छन्।
काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसबाट उनले मानविकी संकायअन्तर्गत चारवर्षे स्नातक तहको अध्ययन पूरा गरेकी हुन्।
त्रिभुवन विश्वविद्यालयले केही दिनअघि सार्वजनिक गरेको स्नातक तह चौथो वर्षको परीक्षाफलमा प्राविधिक त्रुटिका कारण रचनालगायत केही विद्यार्थीको नतिजामा ‘अनुपस्थित’ देखिएको थियो।
क्याम्पस र परीक्षा नियन्त्रण कार्यालयले त्रुटि सच्याएपछि सार्वजनिक भएको अन्तिम नतिजामा उनी सबै विषयमा उत्तीर्ण भएकी हुन्। रचनाले स्नातक तहमा ‘संगीत’ र ‘राजनीतिशास्त्र’ मुख्य विषय लिएकी थिइन्।
सांगीतिक व्यस्तताबीच पनि पढाइलाई निरन्तरता दिएर स्नातक तह पूरा गर्न सकेकोमा रचनाले खुसी व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत खुसी साट्दै उनले पढाइलाई बीचमै नछोड्ने आफ्नो अठोट पूरा भएको बताएकी छन्।
संगीत क्षेत्रमा निरन्तर सक्रिय रहँदा पनि अध्ययन पूरा गर्नु आफ्नो लागि शैक्षिक उपलब्धिसँगै सपना र जिम्मेवारीलाई सँगसँगै अघि बढाउन सकिन्छ भन्ने विश्वासको परिणाम भएको उनको भनाइ छ।
रचनाले आफ्नो अध्ययन यात्रा यहीँ नटुङ्गिने पनि बताएकी छन्। संगीत साधनासँगै आगामी दिनमा उच्च शिक्षालाई निरन्तरता दिने उनको योजना छ।
.gif)

.png)


