एमाले बैठकः माइन्युट लेखनको जिम्मेवारी पौडेल र बहस नोट भट्टराईलाई
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकका निर्णय तथा छलफललाई अभिलेखीकरण गर्न उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वमा माइन्युट लेखन समिति गठन गरिएको छ।
एमाले नेता सूर्य थापाले सामाजिक सञ्जालमार्फत आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि गठन गरिएका माइन्युट लेखन र बहस नोट समितिको विवरण सार्वजनिक गरेका हुन्। पार्टीले माइन्युट लेखनका लागि तीन सदस्यीय समिति बनाएको छ। समितिमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपाध्यक्ष गोकर्ण विष्ट र महासचिव शंकर पोखरेल रहेका छन्।
त्यस्तै, बैठकमा उठेका विषय, धारणा तथा बहसलाई समेटेर बहस नोट तयार पार्न पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिमा उपमहासचिव योगेश भट्टराई, सचिव पद्मा अर्याल तथा केन्द्रीय सदस्यहरू सूर्य थापा, निरज आचार्य र खिमलाल भट्टराई रहेका छन्। एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टीको आगामी कार्यदिशा, सांगठनिक विषय तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
.gif)

.png)
