३७ शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा, को कहाँ पुगे ?
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३७ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
मन्त्रालयले २०८३ असोज २ गतेको निर्णयअनुसार राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारीलाई विभिन्न मन्त्रालय, विभाग, आयोग तथा स्थानीय तहमा सरुवा तथा कामकाजमा खटाएको हो।
निर्णयअनुसार विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत कर्मचारीलाई अन्य स्थानीय तह तथा सरकारी निकायमा जिम्मेवारी दिइएको छ। त्यस्तै, संघीय मन्त्रालय, विभाग तथा आयोगमा कार्यरत शाखा अधिकृतलाई विभिन्न स्थानीय तहमा कामकाजका लागि खटाइएको छ।
मन्त्रालयले स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसमेत हेरफेर गरेको छ। यससँगै केही कर्मचारीको अन्तरस्थानीय तह सरुवा भएको छ भने केहीलाई संघीय सरकारी निकायमा पठाइएको छ।
हेर्नूहोस् सरुवा विवरणः
.gif)

.png)

