ओलीले पेस गरे राजनीतिक प्रतिवेदन : एमाले केन्द्रीय कमिटीको आजको बैठकको सकियो (पूर्णपाठ)
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पहिलो दिनको बैठक सकिएको छ। ललितपुरको भनिमण्डलमा दिउँसो १ बजेपछि सुरु भएको बैठक अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि सकिएको हो। बैठकको पहिलो दिन सकिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि केन्द्रीय सदस्यहरूलाई प्रतिवेदन अध्ययन गरेर आउन आग्रह गरेका थिए। तीन दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकको दोस्रो दिनको बैठक मंगलबार बिहानदेखि पुनः सुरु हुनेछ। भोलिको बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्नेछन्।
बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन पुनर्गठन तथा आगामी कार्यदिशालगायत विषयमा छलफल हुने जनाइएको छ।
हेर्नूहोस् प्रतिवेदनको पूर्णपाठः
.gif)

.png)

