४२ उपसचिवको सरुवा, केही प्रमुख प्रशासकीय अधिकृतको पनि जिम्मेवारी फेरियो (विवरणसहित)
काठमाडौं : सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२ जना उपसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज २ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह तथा जिल्ला समन्वय समितिमा कार्यरत उपसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।
सरुवा तथा कामकाजमा खटाइएका कर्मचारीमध्ये विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत उपसचिवहरू पनि छन्। मन्त्रालय तथा विभागमा कार्यरत केही उपसचिवलाई स्थानीय तहमा खटाइएको छ भने स्थानीय तहमा कार्यरत केही प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालय, विभाग तथा अन्य सरकारी निकायमा सरुवा गरिएको छ।
मन्त्रालयले प्रशासनिक आवश्यकता र कार्यसम्पादनलाई ध्यानमा राख्दै उपसचिवहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ।
हेर्नूहोस् सरुवा विवरणः
.gif)

.png)

