त्रिपुरेश्वरमा बसभित्रै आत्मदाह प्रयास गरेका चालकको उपचारका क्रममा मृत्यु


२०८३ असोज ६ मंगलबार ०८:०५ बजे

काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरमा सोमबार भएको बस आगलागीमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। आगलागीमा परी शरीरको अधिकांश भाग जलेका चालकको कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृतक चालकको नाम र ठेगाना हालसम्म खुल्न सकेको छैन। सोमबार मध्यान्ह त्रिपुरेश्वरमा ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका थिए। सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा उनलाई तत्काल बसबाट निकालेर उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो।

यसअघि घाइते चालकको साथमा भेटिएको लाइसेन्सका आधारमा प्रहरीले उनलाई दावा लामा भएको जनाएको थियो। तर, लाइसेन्समा उल्लेखित दावा लामाले आफू सकुशल रहेको र उक्त लाइसेन्स आफ्नो भएको बताएपछि प्रहरीले मृतकले उनको लाइसेन्स प्रयोग गरेको हुनसक्ने आशंका गरेको छ।

प्रहरीले मृतक चालकको वास्तविक पहिचान खुलाउन थप अनुसन्धान गरिरहेको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७