एमालेसँग तत्काल एकता हुँदैन : वर्षमान पुन
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले नेकपा एमालेसँग तत्काल पार्टी एकता हुने अवस्था नरहेको बताएका छन्। काभ्रेमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पुनले एमालेसँग एकताबारे बाहिर आएका चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारे। उनले विश्वासको वातावरण बने सहकार्य हुँदै एकताको वातावरण पनि बन्न सक्ने बताए।
‘विश्वासको वातावरण बन्यो भने सहकार्यको वातावरण बन्छ। एकता पनि हुन्छ। पहिले भएकै स्थिति छ। अहिलेको सन्दर्भमा एमालेसँग एकता हुने ठाउँमा विषय पुगेको छैन। बाहिर आएका हल्लामा कुनै सत्यता छैन,’ उनले भने।
पुनले संविधान निर्माणमा कुनै त्याग र भूमिका निर्वाह नगरेको दल अहिले सत्तामा रहेको भन्दै संविधानको रक्षाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्पष्ट दृष्टिकोण हुनुपर्ने बताए।
‘संविधान बनाउने तीन शक्ति सत्ता बाहिर छन्। संविधान निर्माणमा कुनै योगदान नभएको दल सत्तामा छ। यसले संविधान रक्षा गर्छ कि गर्दैन भन्ने स्पष्ट छैन,’ पुनले भने, ‘संविधान नमान्ने, भत्काउनेतर्फ उद्यत छ।’
.gif)

.png)

